समृद्धि फाइनान्स बनेपा शाखाको दोस्रो वार्षिकोत्सव

Share News

काठमाडौं। समृद्धि फाइनान्सको बनेपा शाखाले बुधवार दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक टीकानिधि लोहोनीले संस्थालाई गरिएको विश्वास र साथको लागि धन्यवाद दिनुका साथै आगामी दिनमा पनि संस्थाले उच्च साथ सहयोग पाउने अपेक्षा राखेका थिए ।

संस्थाले हाल १३ शाखामार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । त्यस्तै संस्थाले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधा नि:शुल्क रूपमा प्रदान गर्दै आएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।