बाढीले अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा क्षति, ३ जना बेपत्ता १ घाईते

क्षतपग्रस्त बनेको निर्माणाधिन १४.५ मेगावाट क्षमताको अपर ईर्खुवाखोला जलविद्युत् आयोजना । तस्वीर इप्पान सचिवालय ।

Share News

काठमाडौं । आरती पावर कम्पनी द्वारा भाजपुरको ईर्खुवा खोलामा निर्माण भइरहेको १४.५ मेगावाट क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा गएराती आएको बाढीले ठुलो क्षति पुर्याएको छ । 

निर्माण कार्यमा खटिएका श्याम चैधरी र रमेश चौधरी वेपत्ता छन् । १ जना स्थानीय महिला पनि वेपत्ता भएकी छनभने राम कुमार चैधरी लाई करिब १ किमि तल घाइते अवस्था भेटिएको  । 

आयोजनाको निर्माणकार्य खटिएको लेवर क्याम्प, क्सर,जडान गरिएको  करिब ५ सय मि. पाईप समेत बगाएको स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान)को सचिवालयले जनाएको छ ।

त्यस्तै, भोजपुरमा निर्माणकार्य भैरहेको ४.३ मेगावाटको  फेदिखोला जलविद्युत् आयोजनामा गए रातिको बाढीले गरेको क्षतिपुर्याएको छ ।


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।