नगदरहित दाबीका लागि आइजिआइ र बालाजु अटोबीच सम्झौता

Share News

काठमाडौं। नेपालका लागि महिन्द्रा फोर ह्वीलरको अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्क्स प्रालिले नगदरहित दाबीका लागि आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा इन्स्योरेन्सका बागमती प्रदेश प्रमुख (उपत्यका भित्र) श्रीराम भण्डारी साथै गंगबु शाखा प्रबन्धक नरेन्द्र अधिकारी लगायत दुवै संस्थाका अन्य प्रतिनिधिको उपस्थिति थियो । समझौतापश्चात् महिन्द्राका ग्राहकले सवारीसाधन मर्मत सम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवा पाउनेछन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।