‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ का विजेतालाई ‘हुन्डाई एक्सटर’ हस्तान्तरण

Share News

काठमाडौं। हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं, तिहारको अवसरमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । उक्त अफरका विजेता सुनसरीका इन्द्रप्रसाद गुरागाईंलाई लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिले ‘हुन्डाई एक्सटर’ हस्तान्तरण गरेका थिए । उक्त अफरअन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरीदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छूट र एक वर्षको लागि नि:शुल्क बीमा तथा सडक कर, स्त्र्mयाच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छूट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत एक जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो ।

विजेता घोषणा हुन्डाई नेपालको फेसबुक पेजबाट लक्की ड्रमार्फत गत असार ३१ मा गरिएको थियो । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याउँदै आएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।