चितवनमा बिवाइडीको चारदिने ‘एक्सचेञ्ज क्याम्प’

Share News

चितवन। चितवनमा बिवाइडी गाडीको ‘एक्सचेञ्ज क्याम्प’ शुरू भएको छ । भरतपुर–१० स्थित भरतपुर गार्डेन रिसोर्ट परिसरमा एक्सचेञ्ज क्याम्प शुरू भएको हो । नेपालमा बिवाइडी गाडी विक्री गर्दै आएको साइमेक्स नेपालको चितवनका लागि आधिकारिक विक्रेता युरो ग्रीन मोटर्स प्रालिको आयोजनामा एक्सचेञ्ज क्याम्प सञ्चालन भएको हो ।

चार दिनसम्म चल्ने क्याम्पमा पुराना जुनसुकै कम्पनीका गाडी एक्सचेञ्ज गरी नयाँ बिवाइडी गाडी लैजान सकिने युरो ग्रीन मोटर्स प्रालिका म्यानेजर हरि पौडेलले जानकारी दिए । सो क्याम्पबाट ३० युनिट गाडी एक्सचेञ्ज गर्ने कम्पनीको लक्ष्य छ । गाडीको फाइनान्स सुविधाका लागि एक्सचेञ्ज स्पटमा एभरेस्ट बैंक र एनआइएमबी बैंकका स्टल छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।