काठमाडौं। नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ । मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै यसमा आकर्षक साइडलाइन र नयाँ एलोय ह्वील समेत रहेको बताइएको छ ।
त्यसैगरी, पछाडि भागमा कनेक्टिङ एलईडी टेललाइट सेटअप र रि–डिजाइन गरिएको बम्पर समावेश गरिएको छ । गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड, इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्र्युमेन्ट क्लस्टर पहिलेको भन्दा आकर्षक रहेको बताइएको छ ।
३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको नयाँ क्रेटामा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड स्पट भ्यू मोनिटर (बीभीएम), अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक र टायर प्रेसर मोनिटरिङ सिस्टम (हाइलाइन)ले चालक सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको कम्पनीले जानकारी दिएको छ ।
१.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको बताइएको छ । यसमा पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधा र विकल्प थप गरिएको छ । नयाँ हुन्डाई क्रेटा ई, ईपीएल, एस(ओ), एसएक्स, एस(ओ) सीभीटी, एसएक्स टेक, एसएक्स टेक सीभीटी र एसएक्स(ओ) सीभीटी भेरिएन्ट तथा ६ भिन्न रङमा उपलब्ध छ । यसकोे प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ राखिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।