काठमाडौं। नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै होन्डाका निश्चित मोडलमा एयरब्याग परिवर्तन गर्ने योजना बनाएको छ ।
कम्पनीले सन् २००१ र २०१४ को बीचमा नेपालमा विक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारको टकाटा एयरब्याग फिर्ता गर्ने योजना ल्याएको हो । यी मोडलमा एयरब्याग नि:शुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर विनम श्रेष्ठले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।