एमएडब्लु वृद्धी कमर्सियल भेहिकलको बर्दिवासमा नयाँ शोरुम सञ्चालन

Share News

काठमाडौं । एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिले महोत्तरीको बर्दिवासमा नयाँ शोरुम सञ्चालन गरेको छ । 

होटल रेड क्राउन, बर्दिबासको छेउमा रहेको यो अत्याधुनिक सुविधासम्पन्न शोरुम साउन २५ गतेदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो । शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध छन् । 

फोटोन मोटर्स (चीनको नम्बर १ व्यावसायिक वाहन निर्माता) को आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान सहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ । आफ्नो व्यावसायिक सवारी साधनको विकल्पलाई थप विस्तार गर्न एमएडब्लू वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ, जसको बहुमुखी ईसी थर्टी सिक्स भ्यान यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरूमा उपलब्ध छन् ।

बर्दिबास र आसपासका ग्राहकहरूले अब नयाँ व्यावसायिक सवारी साधनहरू अनुभव गर्न, वित्तिय विकल्पहरू खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।