आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बासडर

Share News

काठमाडौं। टेक्नो ब्रान्डले क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । यसले टेक्नोको यात्रा, भिजन र नेपाली उपभोक्ताका लागि अत्याधुनिक प्रविधि ल्याउने प्रतिबद्धतालाई थप उजागर गरेको कम्पनीको भनाइ छ । ब्रान्ड एम्बासडर घोषणा कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र क्यानका सचिव पारस खड्काको उपस्थिति थियो ।

टेक्नो मोबाइलका प्रमुख कार्यकारी अधिकृत अरिजित तलपात्राले आरिफ र आसिफलाई टेक्नो नेपालको ब्रान्ड एम्बासडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताए । ‘उहाँहरूको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको ‘स्टप एट नथिङ’सँग मेल खान्छ, यो सहकार्यले ब्रान्ड छवि र युवाहरूको संलग्नतालाई थप उच्च बनाउनेछ,’ उनले भने । क्रिकेटर आरिफले क्रिकेटरको हैसियतमा आफूले टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्ने बताए । खेल जगत्मा आफ्नो उत्कृष्टताको खोजी कम्पनीको लक्ष्यसँग मिलेको उनको भनाइ थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।