काठमाडौं। बेभरेज ब्रान्ड कोका–कोलाले गर्मीको अवसर पारेर ‘मेगा डिस्काउन्ट अफर’ ल्याएको छ । सीमित अवधिको ल्याइएको यस अफरअन्तर्गत २ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरीदमा उपभोक्ताले रू. १९९ को छूट पाउने बताइएको छ ।
साथै रू. २७० पर्ने २ दशमलव २५ लिटरको प्याक रू. २५० मा पाइने बताइएको छ । २ र २ दशमलव २५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा प्याक परिवार, साथीभाइ र अन्य जमघटमा उपभोग गर्न उपयुक्त हुने बताइएको छ । उपभोक्ताले नजिकैको खुद्रा विक्रेता र सुपरमार्केटमा कोक, स्प्राइट र फ्यान्टा खरीद गरी मेगा डिस्काउन्टको फाइदा उठाउने कम्पनीको विश्वास छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।