काठमाडौं। एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्स प्रालिले पोखरामा आफ्नो ब्राण्डको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । बुद्ध चोक, पोखरामा रहेको यो अत्याधुनिक सुविधासम्पन्न शोरुम आइतवारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।
शोरुममा दुई ब्राण्ड फोटोन र सोकोनका कमर्सियल गाडी उपलब्ध रहेको बताइएको छ । फोटोन मोटर्सको आधिकारिक वितरकको रूपमा कम्पनीले हाइरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वानसहित कुशल र भरपर्दा सवारीसाधनको विक्री वितरण गर्दै आएको बताएको छ । कम्पनीले हाल सोकोन मोटर्सका सवारीसाधनको पनि विक्री वितरण शुरू गरेको हो ।
यसमा यात्रुवाहक थर्टी सिक्स भ्यान, स्कुल र कार्गो भेरियन्टमा गाडी उपलब्ध रहेको बताइएको छ । नयाँ शोरुमबाट पोखरा र आसपासका ग्राहकले अब नयाँ व्यावसायिक सवारीसाधनको अनुभव गर्न र वित्तीय विकल्प खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।