काठमाडौं। निओ मनि ट्रान्सफर र बेलायतको मनिटु लिमिटेडबीच रेमिट्यान्स भुक्तानीका लागि सहकार्य भएको छ । सहकार्यसँगै बेलायतमा रहेका नेपालीले सुरक्षित र सहज रूपमा पैसा पठाउन सक्ने कम्पनीले जानकारी दिएको छ । बेलायतमा रहेका नेपालीले मनिटुको वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रूपमा नेपालमा पैसा पठाउन सक्ने बताइएको छ । बैंक तथा वालेट भुक्तानी कारोबार निओको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुुनुका साथै नगदमा पठाइएको कारोबार पनि निओका १५ हजारभन्दा धेरै शाखाबाट सजिलै प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । निओका प्रमुख कार्यकारी अधिकृत सागर खनालले सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरमा ‘कष्ट अफ मुभिङ फण्ड’ घटाउने कम्पनीको दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्ने बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।