पहिरोले मध्यपहाडी लोकमार्ग बन्द

फाइल तस्वीर । 'निसीखोला गाउँपालिका' फेसबुक पेजबाट ।

Share News

ढोरपाटन । भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । अवरद्ध सडक खोल्ने प्रयास जारी छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।