थप १२ आयोजनाहरूबाट २५१ मेगावाट विद्युत निर्यातको स्वीकृति

फाइल तस्वीर ।

Share News

काठमाडौ । अन्तरदेशीय व्यापार अन्तर्गत थप २५१ मेगावाट विद्युत निर्यातका लागि  बाटो खुलेको छ ।  भारतको तोकिएको प्राधिकरणले नेपालका १२ ओटा जलविद्युत परियोजनाबाट थप विद्युत निर्यातका लागि स्वीकृत गरेको नेपाल स्थित भारतीय दूतावासले जनाएको छ । यो सँगै नेपालले भारततर्फ कुल २८ आयोजनाबाट ९४१ मेगावाट विजुली भारत पठाउने छ । 

प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै १६ अर्ब ९३ करोड नेपाली रुपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता बनिसकेको छ । नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको छ । 
 
सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढीले बढेको छ । इन्डियन इनर्जी एक्सचेन्ज डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात शुरू गरेको थियो । त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच दिएको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका  बितरकसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।

भारतले भारतका खरिदकर्ताहरूका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ ।  जसले खरिदकर्ताहरूका नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गरेको छ ।

नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने लक्ष्य राखिएको छ । यो सम्झौताको पहिलो वर्ष झण्डै एक हजार मेगावाट निर्यात भइसकेको  प्राधिकरणले बताएको छ ।

नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने  लक्ष्यमा छ । बङ्गलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुङ्गो लागेर गत श्रावण १३ गते हस्ताक्षर गर्ने योजनामा रहेको नेपाललाई बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमले धक्का दियो । जसको कारण अन्तिम समयमा दुईपक्षीय सम्झौता हुन सकेको छैन ।

थप विजुली निर्यातका लागि छानिएका जलविद्युत परियोजना

थप विजुली निर्यातका लागि छानिएका जलविद्युत परियोजना

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।