काठमाडौं। महालक्ष्मी विकास बैंकले टाटा ब्रान्डका गाडी खरीदका लागि ९ दशमलव ९९ प्रतिशतमै कर्जा प्रदान गर्ने भएको छ । कर्जा प्रवाहसम्बन्धी समझदारीपत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनीबीच सम्झौता भएको हो ।
सम्झौताअनुसार टाटा गाडी खरीद गर्न इच्छुक ग्राहकले बैंकमा ९ दशमलव ९९ प्रतिशतमा कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य गाडीको हकमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्ने बताइएको छ । कर्जा लिन चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन दिन सक्ने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।