दमौली (तनहुँ) । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा बस खसेको छ ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको हो ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले घटनास्थलबाट २९ जनाको उद्धार गरिएको जानकारी दिए । तीमध्ये १४ जना अचेत रहेको उनले बताए । अचेत भएकाहरू जीवित वा मृत हुन् भन्ने पुष्टि हुन बाँकी छ ।
उद्धार गरिएकाहरूको शरीरका विभिन्न भागमा चोट लागेको उनले जानकारी दिए । उनका अनुसार घाइतेहरूको उपचारका लागि काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ पठाउने तयारी भइरहेको छ ।
तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार अनुसार बसमा भारतीय पर्यटक रहेका थिए । यात्रुको सङ्ख्या भने यकिन हुन सकेको छैन ।
अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ । राससको सहयोगमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।