काठमाडौं । नाडा अटो शोमा दिपल एल-०७ सहित नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक हुने भएको छ।
हाल दिपलको एस-०७ बिक्री भइरहेको छ भने एल ०७ नाडा अटो शोमा सार्वजनिक हुँदैछ । दिपलको अर्को विद्युतीय कार सार्वजनिक गर्ने तयारी भइरहेको नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले जनाएको छ ।
अटोकर्पले एल-०७ बाहेक सार्वजनिक गर्ने तयारी गरेको नयाँ ईभीबारे कुनै पनि जानकारी बाहिर ल्याएको छैन । तर यो ‘गोप्य मोडल’लाई नाडा अटो शोको पहिलो दिन सार्वजनिक गर्नेछ ।
‘एमएडब्लू वृद्धिले ल्याउने यो नयाँ ईभीले ड्राइभिङ अनुभवलाई पुनः परिभाषित गर्नेछ। यसले आफ्नो ट्यागलाइन दच द फ्युचरलाई नयाँ अर्थ दिनेछ,’ व्यवस्थापनले भनेको छ ।
प्रविधि र डिजाइनका कारण छोटो समयमै नेपाली ईभीप्रेमीको रोजाइमा पर्न सफल प्रिमियम विद्युतीय एसयूभी दिपल एस-०७ पछि अटोकर्पले दिपल एल-०७ विद्युतीय सेडान सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।