काठमाडौं। गोल्छा ग्रुपअन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनीले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्य्राम्ब्लर ४०० एक्स मोडेल सार्वजनिक गरेको छ । बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण गुणस्तर र पर्फर्मेन्स पनि भित्त्याएको कम्पनीको दाबी छ । यी मोटरसाइकलले नेपाली बजारमा पर्फर्मेन्स, सुरक्षा र डिजाइनको पूर्ण सन्तुलन प्रदान गर्दै मिड–साइज मोटरसाइकल सेगमेन्टलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको कम्पनीले बताएको छ ।
शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पीड ४०० मा ४०० सीसीको टिआर–सिरीज इन्जिन, ६–स्पीड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको एल्युमिनियम स्विङ आर्म समावेश रहेको बताइएको छ ।
त्यस्तै ट्रायम्फ स्क्य्राम्ब्लर ४०० एक्सको आकर्षक लुक्स, १९ इन्चको फ्रन्ट ह्वील, १७ इन्चको रियर ह्वील, हाई ग्राउन्ड क्लियरेन्स र मजबूत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पुर्याउने कम्पनीको विश्वास छ । नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकलाई ट्रायम्फ स्पीड ४०० रू. ६ लाख ३९ हजार ९०० र ट्रायम्फ स्क्य्राम्ब्लर ४०० एक्स रू. ६ लाख ८९ हजार ९०० मा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।