नाडामा ‘सेरेस थ्री’को छूट अफर

Share News

काठमाडौं। नेपालका लागि सेरेस गाडीको आधिकारिक आयातकर्ता एमएडब्ल्यू वृद्धिले नाडा अटो शो २०२४ को अवसरमा नयाँ ‘सेरेस थ्री’मा विशेष अफर घोषणा गरेको छ । अफरअन्तर्गत नयाँ सेरेस थ्री कम्फर्ट मोडल ४५ लाख ४९ हजार र प्रिमियम मोडलको मूल्य ४८ लाख ८७ हजार रुपैयाँमा पाइने बताइएको छ । सेरेस थ्रीले उन्नत प्रविधि, बलियो निर्माण गुणस्तर र स्टाइलिश एसयूभी डिजाइनलाई संयोजन गर्ने बताइएको छ । बलियो सडक उपस्थिति र प्रभावशाली अफ–रोड क्षमताका लागि परिचित सेरेस थ्री कोराला क्षेत्रको कठिन भूगोल पार गर्ने पहिलो विद्युतीय सवारीको रूपमा स्थापित भएको कम्पनीको दाबी छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।