काठमाडौं। मोटरसाइकल निर्माता सीएफमोटोले ‘४५०एमटी’लाई नाडा अटो शोमा सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एओलिन बीयू–सिएफमोटो चाइनाका मार्केटिङ म्यानेजर एण्ड सेल्स म्यानेजर गैरी देङ, ऋषि ट्रेड सेन्टरका प्रोप्राइटर रोहिन अग्रवाल, ऋषि ट्रेड सेन्टरका जनरल म्यानेजर उज्ज्वल जोशीले संयुक्त रूपमा बाइक सार्वजनिक गरेका थिए ।
अत्याधुनिक डिजाइन, शक्तिशाली पर्फर्मेन्स र उत्कृष्ट सुविधाले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेको लागि एक योग्य साथी बनाउने कम्पनीको अपेक्षा छ । मोटरसाइकलको मूल्य रू. १२ लाख ४९ हजार ९०० रहेको छ । यो बाइक ४४९ दशमलव ५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारालल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिनसहित रहेको बताइएको छ, जसले ४४ हर्सपावर ९५०० आरपीएममा र ४४ एनएमको टर्क ७६०० आरपीएममा दिने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।