टाटाको पन्च ईभी नेपाली बजारमा

Share News

काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शो २०२४ मा पन्च ईभीको विक्री आरम्भ गरेको हो । टाटा पन्च ईभीको शुरुआती मूल्य रू. ३३ लाख ९९ हजार तोकिएको छ ।

पन्च ईभी उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित रहेको र अत्याधुनिक प्रविधियुक्त रहेको बताइएको छ । यसमा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस र फ्रंकमा १४ लिटरको थप स्पेस रहेको बताइएको छ । नेपालको विभिन्न भूभागमा गरेको परीक्षण अनुसार गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने बताइएको छ । पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।