डोङफेङ नामीको अत्याधुनिक शोरूम नागपोखरीमा खुल्दै

Share News

काठमाडौं। मोटर्स कम्पनी डोङफेङ नामीले काठमाडौंको नागपोखरी नक्सालमा अत्याधुनिक शोरूम सञ्चालनमा ल्याउने भएको छ । आगामी अक्टोबरको अन्त्यसम्ममा उक्त शोरूम तयार हुने बताइएको छ । हालका लागि नक्सालस्थित सेरेस शोरूमसँगै रहेको स्थानमा ग्राहकले नामीको टेस्ट ड्राइभ गर्न सक्नेछन् । नेपालमा नामीको आधिकारिक वितरक एमएडब्ल्यू ग्रुप हो । 

नेपालभर नामीको डिलर विस्तार कार्य तीव्र रूपमा भएको बताइएको छ । काठमाडौं उपत्यकामा ललितपुरको थसिखेल, भक्तपुर र नयाँ बजारमा डिलर स्थापित भइसकेको छ । उपत्यका बाहिर पोखरा, चितवन, विराटनगर, नेपालगञ्ज र बुटवलमा डिलर विस्तार भएको छ भने दाङ, धनगढी र बिर्तामोडमा विस्तार गर्ने योजना रहेको बताइएको छ । हालै सम्पन्न नाडा अटो शो २०२४ मा डोङफेङ नामीले अवलोकनकर्ताबाट उत्साहपूर्ण प्रतिक्रिया पाएको कम्पनीले जानकारी दिएको छ । यसको इनोभेटिभ फिचर, लक्जरियस इन्टेरियर र एड्भान्स्ड टेक्नोलोजीका कारण कम्पनीले ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताइएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।