काठमाडौं। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बडा दशैं, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । ‘हात हातमा हात्ती, लकमा लखपति’ को सन्देशसहित यसपालिको चाडपर्व विशेष गराउन यो अफर ल्याएको कम्पनीले जानकारी दिएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले हरेक बजाजको खरीदमा स्योर सट रूपमा १ लाख रुपैयाँसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्रअन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जंगल सफारीको अवसर पाउने बताइएको छ । त्यसैगरी बम्परमा एक जोडीले केन्यामा जंगल सफारीको अवसर पाउनेछन् ।
कम्पनीका हेड अफ मार्केटिङ अमित राज चालिस हरेक वर्ष जस्तै यस वर्ष पनि चाडपर्वको अवसर पारेर आकर्षक स्किम लिएर आएको बताए । यस्ता स्किममार्फत ग्राहकलाई फरक किसिमको अनुभव प्रदान गर्नु बजाजको प्रतिबद्धता रहेको उनकोे भनाइ छ । इजी फाइनान्स र ५० प्रतिशत डाउनपेमेन्टको अफर पनि यस चाडपर्वमा लागू हुने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।