साइमेक्स इंक र बीवाईडीद्वारा ‘साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन’ घोषणा

Share News

काठमाडौं। नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले न्यू इनर्जी भेइकल (एनईभी)को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा ‘साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन’को स्थापना गरेको छ । फाउन्डेसनले साइमेक्सद्वारा समाजलाई योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ । यसले अर्थपूर्ण र समुदाय केन्द्रित पहलको नयाँ अध्यायको थालनी हुने बताइएको छ ।

फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्ने र हरेक बीवाईडी गाडी विक्रीबापत १० हजार रुपैयाँ फाउन्डेसनमा जम्मा गर्ने कम्पनीले जानकारी दिएको छ । घोषणा कार्यक्रममा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक बीवाईडी गाडीबापत १० हजार रुपैयाँ फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गरे । यो पहलले कुनै पनि कार्यमा महत्त्वपूर्ण प्रभाव पार्ने गरी समुदायलाई संलग्न गराउने बीवाईडी र साइमेक्सको सामूहिक उद्देश्यलाई पूरा गर्ने बताइएको छ ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसन शुरुआतका लागि साइमेक्सले १ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरे । शिक्षा, स्वास्थ्य सेवा र दिगो विकास जस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुुने उनले जानकारी दिए । यसरी जम्मा गरिएको सहयोग रकम र अन्य सामूहिक प्रयास नेपाली नागरिकको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पुर्याउन समर्पित गरिने बताइएकोे छ । 

बीवाईडी नेपालका ब्राण्ड एम्बासडर हरिवंश आचार्यले साइमेक्स इंक र बीवाईडीले समुदायमा वास्तविक फरकपनको अनुभव गराउन गरेको अर्थपूर्ण पहलका लागि कृतज्ञता ज्ञापन गरे । बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउले फाउन्डेसन सामान्य पहल मात्र नभई सबैको सुन्दर भविष्यका लागि कम्पनीको प्रतिबद्धता समेत भएको बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।