टिभिएसका फ्युल इन्जेक्सन भेरियन्ट रेडर, एनटर्क र रेडिअन बजारमा

Share News

काठमाडौं।टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस रेडिअन (एफआइ) नेपालमा सार्वजनिक गरेको छ । यी नयाँ उतपादनका साथ टिभिएस मोटर कम्पनीले शक्तिशाली सवारी नभई सहज र इको–फ्रेन्ड्ली सवारी दिने दाबी गरेको छ ।

यी फ्युल इन्जेक्सन भेरियन्टका टु–ह्वीलर बिएस–भिआई एफआई प्लेटफर्ममा, जुनसुकै सवारी परिस्थितिमा पनि उत्साहीलाई अद्भूत र रमाइलो अनुभव सुनिश्चित गर्न विशेष रूपमा डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ । यी नयाँ उत्पादन एड्भान्स्ड इन्जिनियरिङ र स्टाइलिस डिजाइनका साथ उत्कृष्ट प्रदर्शनका लागि नयाँ पुस्ताका राइडरलाई ध्यानमा राखेर बनाइएको बताइएको छ । 

टिभिएस मोटर कम्पनीका उपाध्यक्ष राहुल नायकले कम्पनीले मिलेनियल र डिजिटलाइजेसनमा निर्भर जेन जी ग्राहकका लागि स्कुटर र मोटरसाइकल दुवै क्षेत्रमा जहिले नयाँ शैली र नयाँ सुविधायुक्त आउने पुस्तालाई उपयुक्त हुनेगरी उत्पादन गर्ने बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।