काठमाडौं। नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले शनिवार र आइतवार ‘एक्स्पेरियन्स केई’ टेष्ट ड्राइभ कार्यक्रम गर्ने भएको छ । शनिवार केई शोरुम थापाथली र आइतवार केई शोरुम भाट–भटेनी नक्सालमा गई केईको इलेक्ट्रीक एसयूभ एक्सथ्री प्रो ईभी, इलेक्ट्रिक ह्याचब्याक ई–कोट ०४/ई–कोट ०२ ड्राइभ गर्न सकिने बताइएको छ ।
प्रत्येक टेस्ट ड्राइभमा सहभागीलाई हात खाली नहुने गरी आकर्षक उपहार समेत राखिएको बताइएको छ । सहभागीमध्ये एकजनाले जर्मन अन्तरराष्ट्रिय ब्राण्ड बोशको मिक्स्चर ग्राइन्डर प्राप्त गर्ने बताइएको छ । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनअन्तर्गत विक्री वितरण गरिएको केई चाइनिज ब्राण्ड हो, जुन नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको थियो । हालै मात्र कम्पनीले केई ब्रान्डको सर्भिसका लागि लक्ष्मी न्यू इनर्जी सर्भिस, काठमाडौंको तीनकुनेमा सञ्चालनमा ल्याएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।