सिएफ मोटो तथा जिहोको दशैं, तिहार योजना

Share News

काठमाडौं। नेपालका लागि मोटरसाइकल ब्राण्ड सिएफ मोटो तथा विद्युतीय स्कुटर जिहोको आधिकारिक विक्रेता रिलायन्स समूह अन्तर्गतको ऋषि ट्रेड सेन्टरले दशैं तिहार योजना सार्वजनिक गरेको छ । अफरअन्तर्गत सिएफ मोटोको ४५० एमटी मोटरसाइकलको खरीदमा एलएसटु हेल्मेट नि:शुल्क पाइने बताइएको छ । यो मोटरसाइकलकोे अग्रिम बुकिङ खुला गरिएको कम्पनीले जानकारी दिएको छ । यस्तै गरी सिएफ मोटोअन्तर्गतको २५० एनके तथा ३०० एनकेको खरीदमा रू. १८ हजारसम्मको नि:शुल्क एसेसोरिज प्रदान गरिने बताइएको छ । एईफोर मोडलको जिहो स्कुटर खरीद गर्दा रू. १८ हजार क्यासब्याक र एईसिक्स मोडलको जिहो स्कुटर खरीद गर्दा ३१ लिटर क्षमताको अल्मुनियम स्टोरेज बक्स वा रू. २० हजार नगद छूट पाइने बताइएको छ । त्यस्तै एईएटको खरीदमा पनि नि:शुल्क एसेसरिजसँगै रू. १० हजार नगद छूट पनि राखिएको बताइएको छ । पर्व लक्षित यो योजना कात्तिक महीनाको अन्त्यसम्म कायम रहने बताइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।