जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने, पहिलो महीला प्रधानमन्त्री बन्ने दौडमा दुई नेतृ

तस्वीर: एफपी/रासस

Share News

टोकियो । जापानको संसदले अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारीले बुधबार बताएका छन् । सेप्टेम्बर २७ को आन्तरिक मतदानमा लिबरल डेमोक्रयाटिक पार्टी (एलडिपी) का प्रमुख फुमियो किशिदाको उत्तराधिकारीका रूपमा नौ उम्मेदवारहरू मध्ये तीन जना अगाडि सरेका छन् । 

प्रतिस्पर्धीमध्ये कन्जरभेटिभ आर्थिक सुरक्षामन्त्री साने ताकाइची एलडिपीका पूर्व महासचिव सिगेरु इशिबा र पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा सिन्जिरो कोइजुमी रहेका छन् । कन्जरभेटिभ एलडिपीले दशकौँदेखि संसदमा बहुमतसहित शासन गर्दै आएको छ । 

संसदीय मामिलाका एलडिपी सांसद यासुकाजु हमादाले विपक्षी समकक्षीलाई नयाँ प्रधानमन्त्री चयन गर्न पार्टीले अक्टोबर –१ मा संसद सत्र बोलाउने योजना बनाएको बताएका छन् । विपक्षी पार्टीको स्वीकारोक्तीपछि सरकारले सोमबार औपचारिक रूपमा मिति घोषणा गर्ने जापानी सञ्चारमाध्यमले जनाएका छन् । 

सन् २०२१ को अक्टोबरदेखि सत्तासिन किशिदाले मूल्य वृद्धि लगायतका काण्डपछि  गत महिना भएका समीक्षामा आफूले पदमुक्त हुने घोषणा गरेका थिए । चुनावमा एलडिपीका सांसदहरूले मतदान गरेपछि मतहरू पार्टी सदस्य र समर्थकको प्राथमिकताको आधारमा निर्धारण गरिनेछ । 

जापानी सञ्चारमाध्यमले गरेको सर्वेक्षणमा तकाइची, इशिबा र कोइजुमीलाई अगाडि राखेका छन् । कोइजुमीले चुनाव जितेमा जापानको सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नेछिन भने एलडिपीको कन्जरभेटिभ राष्ट्रवादी तकाइचीले जिते देशको पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् । एफपी/रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।