पारस खड्का दिपल ईभीको ब्रान्ड एम्बासडर

Share News

काठमाडौं। चांगान नेपालले नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्कालाई दिपल ईभीको आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरेको छ । नेपाल क्रिकेट एसोसिएसनका सचिवसमेत रहेका खड्कालाई दिपल ईभीको ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको हो । 

घोषणासम्बन्धी कार्यक्रममा खड्काले दिपल ईभीसँग आबद्ध हुन पाउँदा आफू हर्षित भएको बताए । ‘यति धेरै फिचरले भरिएको ईभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,’ उनले भने, ‘इनोभेसन र टेक्नोलोजीमार्फत ईभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दिपलसँग आबद्ध हुन पाउँदा खुशी छु ।’

खड्कालाई दिपल एस०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्ल्यू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल इभीको ब्रान्ड एम्बासडर बनाउन पाउँदा गर्व महसूस भएको बताए । केही महीनाअघि सार्वजनिक भएको दिपल एस०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको कम्पनीको भनाइ छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।