एक महिनामा चार पाङ्ग्रे विद्युतीय सवारी साधनको आयात तीन गुणाले बढ्यो

सन् २०२४ अगष्ट २७ देखि सेप्टेम्बर १, २०२४ सम्म काठमाडौंमा सम्पन्न नाडा अटो शो २०२४ मा चर्चित चिनियाँ कम्पनी डोङफेङ मोटर्सको उत्पादन नाम्मी सबैभन्दा बढी रुचाइएको कारमध्ये एक थियो ।

Share News

काठमाडौ । चालू आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको दोस्रो महिनामा विद्युतीय कार, जिप र भ्यानको आयात तीन गुणाले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि भदौमसान्तसम्म रु दुई अर्ब ९३ करोड मूल्य बराबरको एक हजार २२१ थान सवारी साधन आयात भएको छ । यो तथ्यांक चालु आवको साउनमा रु ८९ करोड ७० लाख २० हजार मूल्य बराबरको ३८१ थान मात्रै सवारी साधन आयात भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चारपाङ्ग्रे यात्रुवाहक विद्युतीय सवारी साधनको आयात
विवरण साझेदार देशहरू एकाइ मात्रा Imports_Value Imports_Revenue
विद्युतीय कार, जिप र भ्यान १०१ किलोवाटदेखि २०० किलोवाटसम्म  चीन पीसीएस ९८ ३१८२७८ २६८७५२
विद्युतीय कार, जिप र भ्यान १०१ किलोवाटदेखि २०० किलोवाटसम्म  युनाइटेड स्टेट्स पीसीएस ४११४ ३५०१
इलेक्ट्रिक कार, जीप र भ्यान ५१ किलोवाट १०० किलोवाट चीन पीसीएस ६६२ १८७२७५० ११९३६३९
इलेक्ट्रिक कार, जीप र भ्यान ५१ किलोवाट १०० किलोवाट भारत पीसीएस २७६ ५५९३७५ ३५६५३२
५० किलोवाटसम्मको विद्युतीय कार, जिप र भ्यान चीन पीसीएस ३६१ ७१९५२० ३१०७२५
५० किलोवाटसम्मको विद्युतीय कार, जिप र भ्यान भारत पीसीएस १९९ ३२६६४८ १४१३४३
इलेक्ट्रिक कार, जिप, मोटरको साथ भ्यानले २०१ किलोवाट देखि ३०० किलोवाट सम्म  चीन पीसीएस ९९७० १५५८२
इलेक्ट्रिक कार, जिप, मोटरको साथ भ्यानले २०१ किलोवाट देखि ३०० किलोवाट सम्म जर्मनी पीसीएस ८५१२ १३३०३
इलेक्ट्रिक कार, जीप, वैन मोटर्स के साथ बिजली ३०० किलोवाट भन्दा माथि चीन पीसीएस ८३२३ ८८२६
कुल     १६०२ ३८२७४९०.९१९ २३१२२०३.५६७

दुई महिनामा ५१ देखि १०० किलोवाटसम्मका विद्युतीय सवारी साधन आयात भएको तथ्याङ्कले देखाएको छ । सो रेन्जमा रहेका ९३८ वटा विद्युतीय सवारीसाधनमध्ये ६६२ वटा चीनबाट र बाँकी भारतबाट आयात भएका छन् ।
पहिलो दुई महिनामा आयात भएका एक हजार १२५ थान अर्थात् करिब ७० प्रतिशत सवारी साधन चीनबाट आयात गरिएकाले नेपालको विद्युतीय बजारमा चीनको वर्चस्व कायमै देखिएको  छ । ४७५ युनिट अर्थात् २९.६५ प्रतिशत सवारी मात्रै भारतबाट आयात भएमा थिए भने बाँकी दुई युनिट अमेरिका र जर्मनीका भित्र्याइएका थिए ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको आयात
विवरण आयात हुने देशहरू एकाइ परिमाण मूल्य राजस्व 
विद्युतीय कार, जिप र भ्यानले १०१ किलोवाटदेखि २०० किलोवाटसम्म  चीन पीसीएस २८६० २४३४
इलेक्ट्रिक कार, जीप र भ्यान ५१ किलोवाट १०० किलोवाट चीन पीसीएस ११५ ३८३१९८ २४४२४०
इलेक्ट्रिक कार, जीप र भ्यान ५१ किलोवाट १०० किलोवाट इन्डिया पीसीएस १०१ २०३६९७ १२९८३२
५० किलोवाटसम्मको विद्युतीय कार, जिप र भ्यान चीन पीसीएस ८४ १६५८६४ ७११५८
५० किलोवाटसम्मको विद्युतीय कार, जिप र भ्यान इन्डिया पीसीएस ७७ १२३९४८ ५३६३३
इलेक्ट्रिक कार, जिप, मोटरको साथ भ्यानले २०१ किलोवाट देखि ३०० किलोवाट सम्म चीन पीसीएस ४६२५ ७२२८
इलेक्ट्रिक कार, जिप, मोटरको साथ भ्यानले २०१ किलोवाट देखि ३०० किलोवाट सम्म जर्मनी पीसीएस ८५१२ १३३०३
इलेक्ट्रिक कार, जीप, वैन मोटर्स के साथ बिजली ३०० किलोवाट भन्दा माथि चीन पीसीएस ४३१७
कुल     ३८१ ८९७०२१ ५२१८२७
(आयात मूल्य र आयात राजस्व रु. हजारमा )       स्रोत: भन्सार विभाग

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा चारपाङ्ग्रे सवारी साधनको आयातबाट सरकारले रु दुई अर्ब ३१ करोड राजश्व सङ्कलन गरेको छ । गत आवमा नेपालले रु २९ अर्ब ४८ करोड बराबरको ११ हजार ७०१ थान विद्युतीय कार, जिप र भ्यान आयात गरी रु १३ अर्ब २८ करोड राजश्व सङ्कलन गरेको थियो । जसमध्ये पहिलो दुई महिनामा रु दुई अर्ब ४३ करोड बराबरको ८९८ युनिट आयात भएको थियो ।

१ हजार ६६८ तीनपाङ्ग्रे विद्युतीय सवारी साधन भित्रिए
पछिल्लो दुई महिनामा १३ करोड ४० लाख मुल्य वरावरको जम्मा १ हजार ६६८ तीनपाङ्ग्रे सवारी साधान नेपाल आयात भएको छ । जसमा चीनबाट १ हजा ३१६ थान र भारतबाट ३५२ थान आयात भएको छ । गत वर्षको सोहि अवधिमा ६ करोड ५ लाख मूल्यको ६४६ थान तीनपाङ्ग्रे सवारी साधान नेपाल आयात भएको छ । जसमा चिनबाट ५२४ भारतबाट १२२ थान आयात भएको छ ।

गत  भदौ १५ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न देशकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२४ मा विद्युतीय सवारीसाधनले चर्चा कमाएका थिए । प्रदर्शनीमा ८० प्रतिशत सवारी साधन विद्युतीय भए पनि बुकिङमा ७० प्रतिशत बुकिङ भएको  आयोजकले जनाएको थियो  । छ दिनसम्म चलेको प्रदर्शनीमा तीन हजारभन्दा बढी सवारी साधन बुकिङ भएका थिए ।

भारतीय कम्पनी टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले प्रदर्शनीपछि एनबीएलाई दिएको जानकारीअनुसार ६ दिनमा टाटाका ६४४ थान (टाटा पन्च इभीको ४७५ थान र टियागो इभीको १६९ युनिट) बुकिङ भएको थियो ।
त्यस्तै नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता सिमेक्स इंकले बीवाईडी एटिटिओ ३ लगायत अन्य कारहरु प्रदर्शनीमा राखेको थियो । बैंक तथा वित्तीय संस्थाले नाडा अटो शो २०२४ तथा दशैं र तिहारलाई लक्षित गरी सवारी साधन (अटो) कर्जालाई पनि प्राथमिकतामा राखेका थिए । कर्जा विस्तारका लागि पर्याप्त तरलता को उपलब्धता सँगै बैंकहरुले कम ब्याजदर र विभिन्न इन्सेन्टिभका साथ अटो लोन स्किमहरु घोषणा गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।