झरीमा काठमाडौंमा जे देखियो [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । काठमाडौंमा आज बिहानैदेखि झरी परिरहेको छ । निरन्तर परेको झरीका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । 

वर्षाका कारण सडकमा ट्राफिक जाम बढेको देखियो । उपत्यकाका कतिपय सडकमा पानी निकास नहुँदा वर्षा हुँदा यस्तो समस्या देखिन्छ । झरीका कारण यात्रुलाई गन्तव्यतर्फ पुग्न समस्या भोग्नुपर्छ ।

सडक छेउका व्यापारीलाई भने सामान जोगाउने चटारो देखिन्थ्यो । ती व्यापारीलाई सामान भिज्न नदिन त्रिपाल मिलाउँदै गरेको भेटिए । 

वर्षाका कारण यात्रु नपाएपछि एक रिक्सा चालक रिक्सामै निदाएको अवस्थामा फेला परे ।  

यता जमलमा पुगेका विदेशी पर्यटक भने वर्षामा रमाउँदै गरेको भेटिए । ती पर्यटक विभिन्न पोजमा तस्वीर खिच्दै थिए । 

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।