हालसम्म देशभर १०४ जनाको मृत्यु, ७३ जना घाइते, ६४ जना बेपत्ता, ३ हजार ३९ जनाको उद्धार

Share News

काठमाडौं ।  शुक्रवार देखि परेको अविरल वर्षाका कारण देशभर १०४ जनाको मृत्यु  भएको छ ।  नेपाल प्रहरीले सार्वजनिक गरेको आइतवार बिहान ९:३० बजे सम्मको तथ्यांक अनुसार ७३ जना घाइते छन् भने ६४ जना बेपत्ता भएका छन् । 

प्रहरीका अनुसार ३ हजार ३९ जनालाई उद्धार गरिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।