काठमाडौं। नेपालका लागि डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले पोखरामा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामीलाई सार्वजनिक गरेको छ । आइतवार आयोजना गरिएको विशेष कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पूर्वअध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्व न्यायाधीश डा. आनन्दमोहन भट्टराई, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष गोकर्ण कार्की, एमएडब्ल्यू वृद्धिका बिजनेश हेड प्रशन्न पन्त तथा नामी पोखरा भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका भट्टराईले संयुक्त रूपमा नामी ईभी सार्वजनिक गरेका थिए ।
सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट दाबी गरिएको नामीले पोखराको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको भनाइ छ । ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो, प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट तथा सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएको कम्पनीको भनाइ छ । नामी नाडा अटो सोमा ७१७ युनिट बुकिङ भएको थियो । कार्यक्रममा इप्पानका पूर्वअध्यक्ष आचार्यले देशलाई सबैभन्दा ठूलो घाटा पेट्रोलबाट भइरहेको भन्दै देशमा उपलब्ध जलस्रोतको उपयोग गरेर यसलाई पूर्ति गर्न सकिने बताए । नामी इवान, नामी इटु र नामी इथ्री गरी तीन भेरियन्टमा उपलब्ध रहेको र जसको मूल्य २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँसम्म रहेको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।