काठमाडौं । लगातार दुई कारोबार दिन बढेको नेप्से परिसूचक आज (मंगलवार) २७.३९ अंकले घटेको छ ।
यससँगै शेयर बजार परिसूचक २ हजार ६६३ दशमलव ३२ अंकमा झरेको छ । यसअघि गत आइतवार ५६.०९ अंकले र सोमवार ३७.१३ अंकले बजार बढेको थियो ।
आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब ८६ करोडभन्दा बढीको कारोबार भएकोमा आज ४ अर्ब ५९ करोडमा झरेको छ ।
आज ३०० धितोपत्रको ४५ हजार ८७० ओटा कारोबारमा १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सूचीकृत धितोपत्र किनबेच भएको छ ।
यस दिन म्युचुअल फन्डबाहेक सबै उपसूचक घटेका छन् । तीमध्ये वित्त कम्पनी उपसूचक सर्वाधिक २.७६ प्रतिशतले घटेको छ । यस्तै, होटल तथा पर्यटन उपसूचक १.९३ प्रतिशतले र उत्पादन तथा प्रशोधन उपसूचक १.७५ प्रतिशतले घटेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।