हेटौंडा–काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह

Share News

मकवानपुर । हेटौंडा कुलेखानी फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । 

इलाका प्रहरी कार्यालय, भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौंडाबाट काठमाडौं जाँदा त्रिभुवन राजपथ तथा कान्तिलोक पथबाट यात्रा गर्न आग्रह गरिएको बताए ।  

कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरू चढ्न नसक्ने गरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैंसेबाट त्रिभुवन राजपथको पालुङ हुँदै काठमाडौंतर्फ पठाइरहेको उनले जानकारी दिए । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।