भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । भक्तपुरका किसानलाई अहिले धान भित्र्याउने चटारो छ । दशैं सकिएलगत्तै त्यहाँका किसानलाई धान भित्र्याउने चटारो परेको हो । उनीहरू धान भित्र्याउनका लागि बिहानदेखि बेलुकासम्म खेतमा काम गरिरहेका भेटिन्छन् । 

भक्तपुर नगरमा पर्ने नपुखु क्षेत्र, ल्योसिख्यो, भीमसेनस्थान, बाराहीस्थान, भाजुपोखरीको डिललगायत सम्पदा क्षेत्र, विद्यालयको चौर र बाटामा पनि किसान धान सुकाउने कार्यमा व्यस्त देखिन्छन् ।

ल्योसिख्यो क्षेत्रमा कैद गरिएका केही तस्वीरहरू । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।