विदेशी फूल नेपाल भित्रिंदा नेपाली फूल अष्ट्रेलिया, अमेरिका र कतार निर्यात

Share News

तनहुँ । हरेक दिन विदेशी फूल आयात भइरहेको बेला आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो । कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटार महिलाहरूलाई फूल टिप्न व्यस्त छन् ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिकवर्षको पहिलो तीन महीनामा मात्रै १३ लाख ५१ हजार मूल्यको १ हजार ३९४ किलो फूल आयात भएको छ । भने सोही अवधिमा नेपालबाट २० लाख ९ हजार रुपैयाँ मूल्यको १ हजार २१८ किलो फूल विदेश निर्यात भएको छ । नेपालमा चीन, भारत र थाइल्यान्डबाट फूल आयात हुँदा अष्ट्रेलिया र अमेरिकामा निर्यात भइरहेको छ । हालैबाट कतारमा निर्यात शुरू भएको छ ।

समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त छन् । समूहले गतवर्षदेखि सयपत्री कतार निकासी गर्न थालेको हो । गतवर्ष दुई लाख पचास बराबरको सयपत्री निकासी गरिएको जानकारी दिँदै अध्यक्ष गुरुङले यो वर्ष रु ८ लाख बराबरको फूल निर्यात गर्ने लक्ष्य रहेको बताइन् ।

आँधीमूल महिला समूह र याञ्चोक महिला समूह एकआपसमा गाभिएर फूलखेती प्रारम्भ भएको हो । गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराए पछि महिलाहरू व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएका आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ । “आज र भोलि आँबुखैरेनी गाउँपालिकाभित्रका १२ स्थानमा बिक्री स्थल बनाइनेछ”, महिला सशक्तीकरण पालिकाको प्राथमिकता भएको बताउँदै उनले भने “केही माला तयार गरी कोल्डस्टोरमा राखिएको छ ।” फूलखेतीबाट समूहमा आबद्ध महिला आर्थिक रूपमा पनि सक्षम भएका छन् । रासस

नेपालमा फूल आयातको अवस्था (मूल्य रू. प्रतिहजारमा)
Description Partner Countries Unit Quantity Imports_Value
Roses - Fresh cut & buds China Kg 490 442
Carnations - Fresh cut flowers & buds China Kg 115 87
Lilies (Lilium spp) fresh cut flowers and buds China Kg 25 14
Other - Fresh cut flowers & buds China Kg 690 764
Other - Fresh cut flowers & buds India Kg 39 9
Other - Fresh cut flowers & buds Thailand Kg 35 35
total     1394 1351

 

नेपालमा फूल निर्यातको अवस्था (मूल्य रू. प्रतिहजारमा)
Description Partner Countries Unit Quantity Exports_Value
Other - Fresh cut flowers & buds Australia Kg 515 718
Dried, dyed, bleached or otherwise prepared cut flowers and buds. Australia Kg 519 902
Dried, dyed, bleached or otherwise prepared cut flowers and buds. United States Kg 184 390
      1218 2009

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।