काठमाडौं। भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज् लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपाल (माइ पे)बीच ‘स्मार्ट क्यूआर’मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ ।
सम्झौतापश्चात् माइपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीले क्यूआरमार्फत भुक्तानी लिन स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्ने बताइएको छ । क्यूआर कोडका लागि प्रचलित अन्तरराष्ट्रिय मापदण्ड इएमभि स्ट्याण्डर्ड पालना गर्दै नेपाल क्यूआर स्ट्याण्डर्डअन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड भएको बताइएको छ ।
सम्झौतामा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र माइ पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेका छन् । स्मार्ट क्युआरमार्फत हुने कारोबार रकम मर्चेन्टको खातामा तत्कालै फस्र्योट हुने भएकाले यसबाट माइ पे वालेटका प्रयोगकर्ता लगायत मर्चेन्टलाई कारोबार गर्न थप सजिलो हुने विश्वास गरिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।