काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म घलेम्दी हाइड्रो लिमिटेडले ७४ लाख ७४ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म ३ करोड १३ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष भने नाफामा गएको हो । अघिल्लो त्रैमाससम्म कम्पनी ७ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो ।
यस वर्ष कम्पनीले विद्युत् विक्रीबाट ४ करोड ६६ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको यो आम्दानी २ करोड ३ लाख रुपैयाँभन्दा बढी थियो । यस वर्ष अन्य आम्दानी १ करोड १५ लाख रुपैयाँभन्दा बढी भएकाले कम्पनीको कुल आम्दानी गत वर्षभन्दा बढेको छ । गत वर्ष अन्य आम्दानी भएको थिएन ।
वित्तीय खर्च पनि यस वर्ष घटेको छ । गत वर्ष २ करोड ८७ लाख रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष २ करोड ४ लाख रुपैयाँभन्दा बढी भएको छ ।
हाल कम्पनीको चुक्तापूँँजी १ अर्ब ६५ करोड रुपैयाँ छ । जगेडा कोष रकम भने १९ करोड ९४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
दीर्घकालीन कर्जा ७० करोड ५६ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने १७ करोड २७ लाख रुपैयाँभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म कम्पनीको दीर्घकालीन कर्जा ८६ करोड ७५ लाख रुपैयाँभन्दा बढी थियो भने अल्पकालीन कर्जा ८ करोड ७५ लाख रुपैयाँभन्दा बढी थियो ।
पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ४५ पैसा र प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ९१ पैसा छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।