काठमाडौं। विश्वव्यापी राइड शेयरिङ प्लेटफर्म इनड्राइभले नेपालमा 'इनड्राइभ कम्फर्ट' फिचर सार्वजनिक गरेको छ।
यो फिचर यात्रुलाई थप आरामदायी र प्रिमियम यात्राको विकल्प उपलब्ध गराउन डिजाइन गरिएको कम्पनीको दाबी छ । यो सुविधाले प्रिमियम सवारीसाधन चलाउने चालकहरूलाई फाइदा पुर्याउने कम्पनीको भनाइ छ ।
कम्पनीले सोमवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यो फिचर सुविधाजनक यात्रा गर्न चाहने यात्रुहरूका लागि डिजाइन गरिएको हो । जसमा उच्च गुणस्तरीय सवारी साधनहरू र उत्कृष्ट सेवा दिने शीर्ष श्रेणीका चालकहरू संलग्न छन्।'
'इनड्राइभ कम्फर्टमा यात्रुहरूले रमाइलोसँग उचित मूल्यमा यात्रा गर्न पाउनेछन् । र, हाम्रा चालक साथीहरूले उत्कृष्ट सेवा प्रदान गर्ने थप अवसर पाउनेछन्,' दक्षिण एसियाका लागि इनड्राइभका वरिष्ठ मार्केटिङ प्रबन्धक अविक कर्मकारले भने ।
उच्च गुणस्तरीय सवारीसाधनहरू, आकर्षक इन्टेरियर भएका सेडान वर्गका गाडीहरू, उचित मूल्य र आरामदायी तथा झन्झटरहित यात्रा इनड्राइभ कम्फर्टका मुख्य विशेषताहरू हुन्।
'यो फिचर उच्च रेटिङ प्राप्त गर्ने र प्रिमियम सवारी साधन चलाउने चालकहरूको लागि लाभदायक छ, जसले इनड्राइभ कम्फर्ट राइडमार्फत थप आम्दानीको अवसर पाउनेछन्,' कम्पनीले भनेको छ।
हाल इनड्राइभले ४६ देशका ७४९ शहरहरूमा सेवा प्रदान गरिरहेको छ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।