सानिमा जिआईसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दियो निवेदन

Share News

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।  

कम्पनीले १०ः२.५ अनुपातमा ५० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सिटिजन क्यापिटल लिमिटेड छ ।

सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपछि यसको पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।