काठमाडौं । नेपाली क्रिकेटको केही वर्षयताको उत्थानमा नेपालको राष्ट्रिय टिमको क्याप्टेनको रुपमा महत्त्वपूर्ण भूमिका निभाएका तथा हाल क्रिकेट एसोसिएशन अफ नेपालका सचिव पारस खड्का अहिले ठूलो लगानीका साथ हुन लागेको नेपाल प्रिमियर लिगलाई व्यावसायीकरणमा लागेका छन् । यसमा उनको भूमिका पनि प्रसंशा योग्य छ । मंसिर १५ बाट हुन लागेको यो प्रतियोगिताको प्रत्यक्ष प्रशारण ईन्डियन प्रिमियर लिग (आईपिएल) लगायत विश्वका ठूला लिगहरू प्रशारण गर्ने टेलिभिजन च्यानल स्टारस्पोर्टसले गर्दैछ । यो प्रतियोगितमा भएको र हुने लगानी लगानीका शन्दर्भमा आर्थिक अभियानले खड्कासँग गरेको छोटो कुराकानीको सार :
एनपीएल भब्य रुपमा हुँदैछ । यसमा भएको र हुने खर्च वारे वताईदिनुहन्छ कि?
नेपालको खेलकुद ईतिहासमा यो सवैभन्दा धेरै लगानी भएको प्रतियोगिता हो । यो प्रतियोगिता आयोजना गर्न लगानीकर्ताहरूको ठूलो भूमिका रहेको छ । आठ लगानीकर्ताहरूले खुला वोलपत्र प्रक्रिया मार्फत दश बर्षकालागि टिमको स्वामित्व लिनुभएको छ । एउटा टिमले कम्तिमा ५ करोड रुपैयाँ खर्च गरेको छ । भब्य तरिकाले प्रतियोगिता आयोजना गर्नलाई क्यान आफैको पनि ठूलो गर्दैछ ।
एनपीएललाई स्पोन्सर गर्ने कम्पनीहरूले कति लगानी गदैछन्?
सिद्धार्थ बैक मुख्य टाईटल स्पोन्सर भएर आएको छ । एनसेल पनि सहायक स्पोन्सर भएर आएको छ । अन्य विभिन्न ब्रान्डहरू यसमा जोडिन तयार भएका छन् । अन्य स्पोन्सरहरूको पनि आधिकारिक घोषणा गर्ने तयारी छ । हामीले यसमा स्टेप वाई स्टेप काम गर्दैछौं । लगानी कति कति गर्दैछन् भन्ने यसको विवरण गोप्य रहन्छ । टिम र लिगलाई कति लगानी गर्यो भन्ने कुरा पनि गोप्य रहन्छ । तर यसमा राम्रै लगानी हुन्छ र खेलकुद ईतिहासमा सवैभन्दा धेरै व्रान्ड स्पोन्सरसीप मार्फत यो प्रतियोगितामा लगानी हुँदैछ ।
प्रत्यकको लगानी नखुलाए पनि लिगलाई सवै स्पोन्सरको लगानी कति छ ? प्रतियोगिता आयोजना गर्न जम्मा कति खर्च लाग्ला ?
स्पोन्सर गर्ने कम्पनीहरूले लिगलाई मात्र ६–७ करोड रुपैयाँको लगानी गर्दैछन् । तर समग्र प्रतियोगिता सम्पन्न गर्न ५५ देखि ६० करोड खर्च हुने अनुमान गरिएको छ ।
भारतीय च्यानल स्टार स्पोटर्ससँग कति रकममा सम्झौता भएको हो?
यसका लागि ४–५ करोड रुपैँया खर्च गर्दैछौं ।
अहिले क्यानले स्टार स्पोर्टसलाई रकम तिर्ने भएको छ । यो प्रशारण सफल भएमा पछि यस्ता टेलिभिजन च्यानलले नै एनपिएलको प्रशारण अधिकार खरिद गर्ने संभावना कति छ?
मलाई लाग्छ त्यो समय पनि छिट्टै आउनेछ । अहिले भएको खर्चलाई हामीले लगानीको रुपमा लिएका छौं । एनपीएल शुरु भएपछि यसमा चासो ब्यापक वढेको छ । खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने भावना आईरहको छ । खेलकुद एउटा उद्योगको रुपमा अघि वढोस् भन्ने चाहना छ र नेपाल प्रिमियर लिग त्यसको शुरुआत हो भन्ने लाग्छ ।
टिमहरूले पनि धेरै लगानी गरेका छन् । उनीहरूले लगानी उठाउन कति समय लाग्ला?
यो भविष्यले नै निर्धारण गर्छ । हामीले टिमहरूलाई विश्वासमा लिएर काम गरेका छौं । शुरुको २–३ वर्षमा खासै फाईदा नहोला तर त्यसपछि भने उहाँहरूलाई राम्रै हुन्छ भन्ने लाग्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।