काठमाडौं । सिटी होटल लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले ऋण चुक्ता गर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको जानकारी सञ्चालक तिलक कोइरालाले दिएका हुन् । प्रस्तावित हकप्रद शेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् निष्कासन गरिनेछ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।