मिथिला लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

Share News

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २८६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७१४ प्रतिशत नगद लाभांश कर प्रयोजनको वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीले आगामी साधारणसभाबाट पारित गरेपछि वितरण हुनेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।