सिईडिबि होल्डिङ्सले हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

Share News

काठमाडौं । सिईडिबि होल्डिङ्गस लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।

कम्पनीले १ः०.५४५ अनुपातमा ५६ लाख ३६ हजार ५९१ दशमलव ९८ कित्ता हकप्रद शेयर निष्कासन गर्न यही मंसिर २० गते सेबोनमा निवेदन दिएको हो । 

विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।