काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले वार्षिक साधारण सभाको मिति तय गरेको छ । मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २८ गते २४औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय वीरगन्ज, पर्सामा बिहान १० बजे शुरु हुने जानकारी कम्पनीले दिएको छ । गत वर्षको मुनाफाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।
बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
यस कम्पनीले पछिल्ला वर्ष लाभांश घटाउँदै आएको छ । गत वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले त्यसअघिको वर्ष ७० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा भने कम्पनीले शतप्रतिशत लाभांश वितरण गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।