मन्जुश्री फाईनान्सले यो वर्ष ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव

Share News

काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ६ दशमलव ३५ प्रतिशत लाभांश बाड्ने भएको छ ।

मंसिर २३ गते अपरान्ह ३ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ६ दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ छ ।

सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । गत वर्ष ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष बढी लाभांश बाड्न लागेको हो । पछिल्ला दुई वर्ष कम्पनीले नगद लाभांशमा मात्र जोड दिएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।