काठमाडौं। कजारिया टायल्सले काठमाडौंमा ‘मैसन मिट २०२४’ सम्पन्न गरेको छ । १५० जनाभन्दा बढी राजमिस्त्रीहरू सहभागी रहेको उक्त मिटमा भारतबाट समेत प्रशिक्षक ल्याई नेपाली प्राविधिकहरूसँग उच्च गुणस्तर र नयाँ प्रविधिको बारेमा गहन छलफल गराइएको कम्पनीले बताएको छ ।
मैसन मिटको उद्देश्य राजमिस्त्रीहरूलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्रान्ड चेतनाको बारेमा छलफल गर्ने रहेको थियो । सो मिटमा कजारिया ब्राण्डको गुणस्तर, नयाँ प्रविधि र मूल्यको समेत जानकारी दिइएको थियो । कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण विज्ञहरूलाई प्राथमिकतामा राखेको बताएको छ । स्थानीयस्तरमा घर तथा आवासको निर्माणमा योगदान गरिरहेका निर्माण राजमिस्त्रीहरूसँगको सम्बन्ध थप मजबूत बनाउने उद्देश्य राखेर यो कार्यक्रमको आयोजना गरिएको जानकारी कम्पनीले दिएको छ ।
‘अर्थतन्त्रलाई मजबूत बनाउन राजमिस्त्रीको उल्लेख्य भूमिका रहेकाले सुरक्षित आवास निर्माणसम्बन्धी तालीम तथा अन्तरक्रिया गराउन कजारिया रमेश टायल्स सधैं सजग छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंबाट शुरू भएको मैसन मिट छिट्टै नेपालभरका कम्तीमा १६ ठाउँमा गरिनेछ ।’
कार्यक्रममा काजरिया रमेश टायल्सका कन्ट्री हेड प्रवीन सिंहले भने, ‘मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरीय निर्माण सामग्रीको छनोटका साथै दक्ष जनशक्तिको पनि महत्त्वपूर्ण भूमिका रहन्छ ।’
कजारिया रमेश टायल्स नेपालको व्यापारिक तथा औद्योगिक समूह रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा २ वर्षअघि नवलपरासीमा खुलेको उद्योग हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।