चार महीनामा वाणिज्य बैंकहरूले कमाए रू.२२ अर्ब भन्दा बढी नाफा, असोजको तुलनामा ३७.७४ प्रतिशत वृद्धि

Share News

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८१ को चार महिनामा वाणिज्य बैंकहरूले कुल रू.२२ अर्ब भन्दा बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले कात्तिक मसान्तसम्ममा रू.२२ अर्ब २९ करोड ८६ लाख नाफा आर्जन गरेका हुन ।  यो नाफा असोज मसान्तसम्मको तुलनामा ३७ दशमलव ७४ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा यी बैंकहरूको कुल नाफा रू. १६ अर्ब  १८ करोड ९४ लाख थियो । 

कात्तिक मसान्तसम्ममा २० वाणिज्य बैकहरूमध्ये कृषि विकास बैंक रू. २२ करोड ७६ लाख घाटामा छ भने बाँकी सबै नाफामा रहेका छन् । सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यस बैंकले कात्तिक मसान्तसम्ममा रू. २ अर्ब ६९ करोड नाफा कमाएको हो । यो नाफा असोज मसान्तसम्मको तुलनामा ३० दशमलव ८५ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा बैंकले रू. २ अर्ब ५ करोड नाफा कमाएको थियो ।  

त्यस्तै दोस्रोमा  ग्लोबल आइएमई बैंकले कात्तिक मसान्तसम्ममा रू. २ अर्ब १४ करोड नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा ३९  दशमलव ८० प्रतिशत वृद्धि हो । सो अवधिमा बैंकले रू. १ अर्ब ५१ करोड नाफा कमाएको थियो । कृषि विकास बैंक बाहेक सबै बैंकको नाफा असोजको तुलनामा कात्तिकमा वृद्धि भएको छ । 

प्रतिशतका आधारमा सबैभन्दा बढी राष्ट्रिय बाणिज्य बैंकको नाफा २६५ प्रतिशत वृद्धि भएको छ । यस बैंकले असोज मसान्तसम्ममा रू. १५ करोड १३ लाख नाफा कमाएकोमा कात्तिक मसान्तसम्ममा बढेर रू. ५५ करोड २७ लाख पुगेको छ ।

बैंकको नाम   खुद नाफा रू. दशलाखमा    घटबढ प्रतिशत
  कात्तिक मसान्तसम्म  असोज मसान्तसम्म  
नबिल बैंक २,६९१.०४ २,०५६.५९ ३०.८५
ग्लोबल आइएमई बैंक २,११४.०४ १,५१२.१४ ३९.८
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक १,८२०.९० १,४६४.०८ २४.३७
प्राइम कमर्सियल बैंक १,६२६.४४ १,२८६.७९ २६.४
कुमारी बैंक १,५९०.४९ १,०७८.१८ ४७.५२
एभरेष्ट बैंक १,५०९.३० १,१२७.७४ ३३.८३
एनएमबि बैंक १,४८३.२३ १,१४५.६० २९.४७
प्रभु बैंक १,२३१.०६ १,०४०.६६ १८.३
 स्ट्याण्डर्ड चार्टर्ड बैंक १,१३७.३१ ८६२.२ ३१.९१
लक्ष्मी सनराइज बैंक १,०६९.४६ ५३६.३६ ९९.३९
नेपाल एसबिआई बैंक १,००७.१० ८१४.६५ २३.६२
नेपाल बैंक ९३८.८२ ६०२.२ ५५.९
हिमालयन बैंक ९१८.८७ ७२६.४३ २६.४९
माछापुच्छ्रे बैंक ६८९.७३ ५०३.२६ ३७.०५
सिद्धार्थ बैंक ६६७.८ ३८२.०८ ७४.७८
सानिमा बैंक ६५१.३ ३९९.५३ ६३.०२
राष्ट्रिय बािणज्य बैंक ५५२.७५ १५१.३ २६५.३३
सिटिजन्स बैंक इन्टरनेशल  ४३८.६४ १९८.२२ १२१.२९
एनआईसी एशिया बैंक  ३८८.१४ ११०.५३ २५१.१८
कृषि विकास बैंक -२२७.७६ १९०.९२  - 
 कुल २२,२९८.६५ १६,१८९.४६ ३७.७४

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।