घरजग्गामा वाणिज्य बैंकहरूले बढाए लगानी, ४ महीनामा सवा २ खर्बभन्दा बढी कर्जा प्रवाह

Share News

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूले घरजग्गा (रियल स्टेट)मा लगानी बढाएका छन् । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २० ओटा वाणिज्य बैंकले चालू आर्थिक वर्ष (आव)को चार महीनामा घरजग्गामा रू. २ खर्ब २५ अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन् । यो रकम गत आवको साउन-कात्तिकसम्मको तुलनामा ६ दशमलव ६५ प्रतिशतले बढी हो । सो अवधिमा यी बैंकहरूले घरजग्गामा कुल रू. २ खर्ब ११ अर्ब ८९ करोड कर्जा प्रवाह गरेका थिए । 

चालू आवको चार महीनामा घरजग्गामा सर्वाधिक कर्जा प्रवाह गर्नेमा एनआईसी एशिया बैंक छ । बैंकले घरजग्गामा रू. २७ अर्ब २१ करोड कर्जा प्रवाह गरेको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा भने ९ प्रतिशत कम हो । सो अवधिमा बैंकले घरजग्गामा रू. २९ अर्ब ९३ करोड कर्जा प्रवाह गरेको थियो । 

घरजग्गामा सर्वाधिक कर्जा दिने वाणिज्य बैंकको सूचीमा दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । बैंकले चालू आवको पहिलो चार महीनामा रू. २४ अर्ब ७४ करोड कर्जा प्रवाह गरेको छ । 

कुमारी बैंकको १५८ प्रतिशतले बढ्यो 

यस वर्ष पाँचओटा वाणिज्य बैंकले घरजग्गामा दिने कर्जा घटाएका छन् भने १५ ओटाले बढाएका छन् । 

यस वर्ष घरजग्गामा लगानी बढाउनेको शीर्ष स्थानमा कुमारी बैंक छ । यो बैंकले घरजग्गामा कर्जा प्रवाह १५८ प्रतिशतले बढाएको छ । 

यस बैंकले चालू आवको चार महीनामा रू. ३ अर्ब ७८ करोडभन्दा बढी घरजग्गामा कर्जा प्रवाह गरेको छ । गत आवको यसै अवधिमा बैंकले रू. १ अर्ब ४६ करोडभन्दा बढी मात्रै उक्त कर्जा प्रवाह गरेको थियो ।
 

कुन बैंकले कति प्रवाह गरे ऋण ?

कम्पनीको नाम               घरजग्गा कर्जा    घटबढ प्रतिशत
  २०८१ को कात्तिक मसान्तसम्म  २०८० को कात्तिक मसान्तसम्म  
एनआईसी एशिया बैंक  २७,२१७.५६ २९,९३७.६९ -९.०९
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक २४,७४७.२८ २३,७४४.२२ ४.२२
नबिल बैंक २३,७४६.८१ २२,०४४.२४ ७.७२
प्राइम कमर्सियल बैंक १९,७१२.५६ १६,०२९.२३ २२.९८
ग्लोबल आइएमई बैंक १६,६७९.५२ १४,९३५.७५ ११.६८
प्रभु बैंक १५,६५८.९५ १४,०८५.४२ ११.१७
लक्ष्मी सनराइज बैंक १५,१००.२५ १०,१८२.९७ ४८.२९
नेपाल बैंक १३,७९९.०८ ११,७७९.५९ १७.१४
हिमालयन बैंक १३,२९९.८५ १४,५३६.२४ -८.५१
राष्ट्रिय बाणिज्य बैंक ९,७२५.७३ ११,०८४.०३ -१२.२५
स्ट्याण्डर्ड चार्टर्ड बैंक ८,२८८.५१ ७,८८८.८० ५.०७
एभरेष्ट बैंक ६,५५३.२४ ६,१५७.५१ ६.४३
सानिमा बैंक ५,६३२.२५ ६,५२१.५७ -१३.६४
एनएमबि बैंक ४,९१२.१७ ४,७८४.४२ २.६७
नेपाल एसबिआई बैंक ४,८२२.५८ ४,७२६.५८ २.०३
सिद्धार्थ बैंक ४,६५०.३४ ४,५७७.४४ १.५९
सिटिजन्स बैंक इन्टरनेशल  ४,१६४.९२ ४,०७९.८२ २.०९
कुमारी बैंक ३,७८५.६७ १,४६६.८५ १५८.०८
कृषि विकास बैंक १,८५५.९० १,६९९.२६ ९.२२
माछापुच्छ्रे बैंक १,६२४.६६ १,६३२.८२ -०.५
कुल २२५,९७७.८५ २११,८९४.४५ ६.६५

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।